राजधानीमै ठूलो परिमाणको लागुपदार्थ भेटियो

राजधानीमै ठूलो परिमाणको लागुपदार्थ भेटियो

प्रहरीको लागुऔषध नियन्त्रण व्युरोले राजधानीमा ठूलो परिमाणको लागुऔषध पक्रेको छ । प्रहरीले १२ सय २२ एम्पुलसहित चार जनालाई पक्रेको हो । उनीहरुलाई विशेष सूचनाको आधारमा गौशाला नजिकैबाट समातिएको हो ।

पक्राउ पर्नेमा सप्तरीको विहुल गाउँपालिकाका २२ वर्षे मनिषकुमार साह र ३२ वर्षे भोला प्रसाद साह छन् । त्यस्तै, सप्तरीकै १९ वर्षे कुमार साह र २४ वर्षे बालकुमार दास पनि समातिएको हुन् ।

पक्राउ परेका उनीहरुविरुद्ध लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत लागुऔषध मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भएको छ । उनीहरुलाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू