एनआईसी एसियाको डेपुटी सीईओमा राठी

एनआईसी एसियाको डेपुटी सीईओमा राठी

सन्तोष कुमार राठी एनआईसी एसिया बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत रहेका राठीलाई बैंक सञ्चालक समितिले आगामी साउन १ गते देखि उक्त जिम्मेवारी दिन लागेको हो ।

२०६४ मंसिर १९ देखि तत्कालीन बैैंक अफ एसियाको विराटनगर शाखाको शाखा प्रबन्धकको जिम्मेवारीबाट सेवा प्रवेश गरेका राठी अहिले डेपुटी सीईओ बनेका हुन् । उनको समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरणलगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता रहेको बैंकले जनाएको छ ।

नेपालको बैंकिङ्ग क्षेत्रमा झण्डै २० वर्षको अनुभव रहेका राठीले वाणिज्यशास्त्रमा स्नातकोत्तरसम्मको अध्ययन गरेका छन् ।

टिप्पणीहरू