बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४ महिनापछि प्रहरी नियन्त्रनमा

बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी ४ महिनापछि प्रहरी नियन्त्रनमा

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी चार महिनापछि पकाउ परेका छन् । सर्लाही हरिपुर नगरपालिका–१ का ३४ वर्षीय नरेन्द्र प्रकाश सुवेदीलाई रामबहादुर विकले दिएको उजुरीको आधारमा हिजो काठमाडौंको नागार्जुन नगरपालिका–१०, स्युचाटारबाट पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सुवेदी एक करोड १० लाख बिगो भएको बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरबाट गत फागुन २० गते पक्राउ अनुमति जारी भएपछि फरार भएका थिए । उनलाई थप अनुसन्धानको निम्ति प्रहरी वृत्त जनसेवा पठाइएको प्रहरीले बताएको छ ।

टिप्पणीहरू