देउमाईका मेयरको संघीय सरकारलाई चुनौती, दुई दिन बिदा अस्वीकार

देउमाईका मेयरको संघीय सरकारलाई चुनौती, दुई दिन बिदा अस्वीकार

दुई दिन बिदा दिने संघीय सरकारको निर्णयलाई इलामको देउमाई नगरपालिकाले अस्वीकार गरेको छ । नवनिर्वाचित नगरप्रमुख सूर्यप्रसाद पोखरेलले विद्यालयहरुमा आइतबार बिदा नदिन आदेश दिएका हुन् ।

अस्ति पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयमा शनिबार एक दिनमात्र बिदा दिएर बाँकी छ दिन यथावत रुपमा पठनपाठन गराउन भनेका हुन् ।

पालिकाभरका सामुदायिक विद्यालयलाई पत्राचार गर्दै उनले भनेका छन्, ’सरकारले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेर राजपत्रमासमेत सूचना प्रकाशित गरिसकेको अवस्थामा उक्त निर्णय देउमाई नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुमा साताको एक दिन शनिबार मात्र बिदा गरी बाँकी छ दिन यथावत रुपमा पठनपाठन हुनेछ ।’

टिप्पणीहरू