हारेको त अन्तर्घातले हो : एमाले अध्यक्ष

हारेको त अन्तर्घातले हो : एमाले अध्यक्ष

एमाले अध्यक्ष खडगप्रसाद शर्मा ओलीले पार्टीभित्रको अन्तर्घातले चुनावमा पराजय व्यहोर्नुपरेको गुनासो पोख्नुभएको छ । चुनावी परिणामबारे अहिलेसम्म सार्वजनिक रुपमा खासै प्रतिक्रिया नजनाउनुभएका उहाँले आज संसदीय दलको बैठकमा अन्तर्घातले हारिएको बताउनुभएको हो ।

आज प्रतिनिधिसभाको बैठक बस्नुअघि संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘धेरै ठाउँमा हामी हाम्रै साथीहरुको अन्तर्घातबाट हारेका छौँ । अब यस विषयमा गम्भीर र बृहत्रुपमा छलफल गर्नुपर्ने भएको छ । कहाँबाट सिके, कसरी सिके यो गम्भीर छ ।’

चार वटा महानगरमा उपमेयर जित्न सक्ने एमालेले एउटा पनि मेयर जित्न नसक्नुको मुख्य कारण पार्टीभित्रैको अन्तर्घातको प्रमुख कारण रहेको उहाँको ठोकुवा छ । काँग्रेस, माओवादी र समाजवादीभित्र अन्तर्घात भएन तर हामी अन्तर्घातले हारेका हौं । अब समीक्षा गर्न जरुरी छ’, सांसदहरुका सामु ओलीले भन्नुभयो ।

सत्ता गठबन्धनले सत्ताको दुरुपयोग गरि चुनावको नतिजा आफ्नो पक्षमा पारेको पुरानो आरोप आज पनि उहाँले दोहोर्याउनु भयो ।

टिप्पणीहरू