आज पाँच जनालाई कोरोन, नौ जना निको

आज पाँच जनालाई कोरोन, नौ जना निको

मुलुकभर आज ५ जनामा कोरोना संक्रमण भेटिएको छ । २ हजार ७१७ जनाको नमुना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

आज नौ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै कोरोना जित्नेको संख्या ९ लाख ६७ हजार ११ पुगेको छ । हाल नेपालमा १२८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण आज पनि कसैको मृत्यु भएको छैन । हालसम्म नेपालमा ११ हजार ९५२ जनाले कोरेनाबाट ज्यान गुमाएका छन् ।

टिप्पणीहरू