एमाले बर्दियाको कार्यालमा दुईथरी ताल्चा

एमाले बर्दियाको कार्यालमा दुईथरी ताल्चा

नेकपा एमाले जिल्ला कार्यालय बर्दियामा तालाबन्दीको होडबाजी चलेको छ । चुनावमा अन्तर्घात गरेको भन्दै पार्टीको जिल्ला कमिटीले डेढ दर्जनलाई कारवाही गरेपछि शुरु भएको लफडा चर्किएको हो । अहिले पार्टी कार्यालयमा ताल्चा झुण्ड्याउने होडबाजी भएको हो ।

पार्टीका ठूला नेताले नै कार्यालयमा ताला लगाएको भन्दै आज कारबाहीमा परेकाहरुले ठूल्ठूला दुई वटा ताला झुण्ड्याइदिएका छन् । एमाले बर्दियाले एमालेलाई मत नदिनु भन्दै भ्रम छरेको, अन्य दलका उम्मेदवारसँग मिलेर पार्टीलाई हराउन भूमिका खेलेको, पार्टी निर्णयविपरित गतिविधि गरेको जस्ता कारण देखाउँदै केहीलाई स्पष्टिकरण सोध्ने र केहीलाई साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निकाल्ने निर्णय गरेको थियो ।

बर्दियाका धेरै पालिकामा अन्तरघात भएको भन्दै पार्टीले सुषुप्त तरिकाले अनुसन्धान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउन लागेको एमालेको भनाइ छ । आज दुवै पक्षको तालाबन्दीका कारण पार्टी कार्यालय खुल्न सकेन ।

टिप्पणीहरू