किन जानुभयो मिनेन्द्र रिजाल माधव नेपालको घरमा ?

किन जानुभयो मिनेन्द्र रिजाल माधव नेपालको घरमा ?

स्थानीय तहको निर्वाचनको परिणामपछि राष्ट्रिय राजनीतिमा नयाँ खालको कम्पन उत्पन्न भएको छ ।

केही दिनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच माओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा भएको भेटवार्तापछि राजनीतिक तरङ्ग उत्पन्न भएको हो ।

त्यसपछि हिजो बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेपछि फेरि राजनीति गर्माएको हो । आज दिउँसो नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री डा. मिनेन्द्र रिजालबीच आधा घण्टा भेटवार्ता भएको छ ।

उहाँहरुबीच नेपालको निवास कोटेश्वरमा कुराकानी भएको हो । नेपालसँग भेट गर्न रिजाल दिउँसो साढे १ बजे कोटेश्वर पुग्नुभएको थियो । भेटघाटपछि रिजाल सवा २ बजे त्यहाँबाट बाहिरिनुभएको हो ।

टिप्पणीहरू