पाँच जना सचिव पाँचतिर

पाँच जना सचिव पाँचतिर

सरकारले निजामति सेवाका पाँच जना सचिवको सरुवा गरेको छ । हिजो बसेको क्याबिनेट बैठकले सचिव सरुवाको निर्णय गरेको हो ।

जसअनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत बनाइएका छन् । खानेपानी मन्त्रालयका सुरेश आचार्यलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर त्यहाँ मणिराम गेलाललाई पठाइएको छ । गेलाल यसअघि प्रधानमन्त्री कार्यालयमा थिए ।

राष्ट्रिय सतर्कता केन्द्रका प्रमुख अधिकृत सुशिलचन्द्र तिवारीलाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको सचिव बनाइएको क्याबिनेटको निर्णय छ । सरकारले नेपाल ट्रष्टको कार्यालयका गोपालप्रसाद सिग्देललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवमा तान्ने निर्णय गरेको छ ।

टिप्पणीहरू