मैदानमा दौडिनेहरुको तलब बढ्यो

मैदानमा दौडिनेहरुको तलब बढ्यो

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका पुरुष तथा महिला खेलाडीको तलब बढाएको छ ।

हिजो बसेको क्यान बोर्ड बैठकले गत अप्रिल १ देखि लागू हुनेगरी खेलाडी, मैदान कर्मचारी, मैदान कार्यालय सहयोगी र त्रिभुवन विश्वविद्यालय मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक बढाउने निर्णय गरेको हो ।

राष्ट्रिय किक्रेट टिमका (पुरुष) सेन्ट्रल कन्ट्रयाक्टमा रहने सम्पूर्ण खेलाडीहरुको तलब समान १० हजार रुपैयाँका दरले वृद्धि गरिएको छ । यसअघि ‘ए’ ग्रेडका खेलाडीले ५० हजार, ‘बी’ ग्रेडका खेलाडीले ४० हजार र ‘सी’ ग्रेडका पुरुष खेलाडीले ३० हजार पाउँदै आएका थिए ।

महिला क्रिकेट टिमको ग्रेड ’सी’ मा रहेका खेलाडीहरुको पाँच हजार, ’बि’ र ’ए’ ग्रेडमा रहेकाको छ हजार रुपैयाँ बढाइएको छ । यसअघि ‘सी’ ग्रेडका महिला खेलाडीले १० हजार, ‘बी’ ग्रेडका खेलाडीले १२ हजार र ‘ए’ ग्रेडमा रहने खेलाडीले १५ हजार रुपैयाँ तलब बुझ्ने गरेका थिए ।

मैदान कर्मचारीको तलब तीन हजार रुपैयाँले बढेको छ । मैदान कार्यालय सहयोगीको पाँच हजार र टियु मैदान पिच क्युरेटरको छ हजार वृद्धि गरिएको छ ।

टिप्पणीहरू