अमेरिकी स्कूलमा आक्रमण,१८ बालबालिकाको हत्या

अमेरिकी स्कूलमा आक्रमण,१८ बालबालिकाको हत्या

अमेरिकाको टेक्सासस्थित एक स्कूलमा भएको बन्दुक आक्रमणमा १८ जना बालबालिका मारिएका छन् ।

मारिनेमा एक शिक्षक पनि रहेका छन् । यसैबीच मारिने विद्यार्थीहरूको संख्या थपिने क्रम जारी रहेको स्थानीय प्रहरीले जनाएको छ।

घटना मंगलबार अपरान्ह १२स् १७ बजे युभाल्ड़ीस्थित रोब प्राथमिक बिद्यालयमा भएको हो । आक्रमणकारी १८ वर्षीय साल्भाडोर रामोस पनि मारिएको बताइएको छ।

बन्दुकधारीले विद्यालयमा आक्रमण गर्नुअघि आफ्नै हजुरआमालाई गोली प्रहार गरेको जनाइएको छ । तर, उनी भने बाँच्न सफल भएकी छन्।

केही वर्षयता अमेरिकी विद्यालय मास सुटिङको निशाना बन्दै आएको छ। यस वर्ष मात्र २७ यस्ता घटना विद्यालयमा भैसकेका छन् ।

टिप्पणीहरू