नवौं राष्ट्रिय खेलकुदको मिति सर्यो

नवौं राष्ट्रिय खेलकुदको मिति सर्यो

यहि जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गरिने भनिएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति सरेको छ । युवा तथा खेलकुद मन्त्रालयले उक्त खेलकुद असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने जानकारी दिएको हो ।

प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको गण्डकी प्रदेशले तयारीका लागि थप समय मागेको, स्थानीय तहको निर्वाचन सकिन अझै केही दिन लाग्ने र यसबीचमा कक्षा ११ र १२ को परीक्षा समेत परेकाले प्रतियोगिता सार्न उपयुक्त देखिएको बताइएको छ ।

नवौं राष्ट्रिय खेलकुदमा दुई प्रदर्शनीसहित कूल ३८ खेल समावेश गरिएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एउटा खेल आयोजना गर्ने तयारी गरिएको थियो ।

https://youtu.be/5DVUizAEDjE

टिप्पणीहरू