एमाले लुम्बिनीमा पनि गल्यो

एमाले लुम्बिनीमा पनि गल्यो

नेकपा एमालेले लुम्बिनी प्रदेशसभामा जारी राख्दै आएको अवरोध खुलाउने निर्णय गरेको छ । उसले संघीय संसदमा जस्तै लुम्बिनी प्रदेशसभामा पनि गत साउनदेखि अवरोध गर्दै आएको थियो ।

पाँच दलको गठबन्धनमा एमालेले कारबाही गरेका भनिएको दुई जना सांसद विमला वली र अजय शाही सहभागी भएपछि उनीहरूलाई हटाउन माग गर्दै एमालेले नौ महिनादेखि सदन बहिस्कार गर्दै आएको हो । तर, प्रदेशसभाको अबको बैठक अवरोध नगर्ने भएको छ ।

बैठकमा एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गरेर अवरोध हटाउने कार्यसूची बनाइएको छ । त्यसपछि आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले विभिन्न विधेयक पेश गर्ने कार्यक्रम छ ।

यता संघीय संसदको चालु अधिवेशनको बैठकमा पनि एमाले जारी अवरोध हटाएको छ । स्थानीय तहको निर्वाचनमा पराजय व्यहोरेपछि एमाले एक कदम पछाडि हटेको अर्थ लगाइएको छ ।

टिप्पणीहरू