संगठन विभाग प्रमुखको वडामा पनि हारिन्छ ? यो धाँधली हो: एमाले पोखरा

संगठन विभाग प्रमुखको वडामा पनि हारिन्छ ? यो धाँधली हो: एमाले पोखरा

एमालेले पोखरा महानगरपालिकाको मेयर हार्ने निश्चित भए पनि दुई वटा वडामा भएको हारलाई नस्वीकार्ने बताएको छ । वडा नम्बर १८ र ३१ मा एमालेका उम्मेदवार हारे पनि पुनः मतदानको माग राख्दै धाँधली भएको आरोप लगाइएको हो ।

वडा नम्बर ३१ एमाले नेता, पूर्वगृहमन्त्री तथा संगठन विभाग प्रमुख खगराज अधिकारीको गृह वडा हो । पार्टीको संगठन विभागका प्रमुखको वडा हार्नु भनेको धाँधली बाहेक अरु केही हुन नसक्ने एमालेले बताएको छ ।

वडा नम्बर १८ मा एमाले उम्मेदवार वडाध्यक्षमा तीन मतको झिनो अन्तरले हारेका छन् । अधिकारीको ३१ नम्बर वडाका जनप्रतिनिधि एक सय बढी मतले गठबन्धन तर्फबाट काँग्रेसले जितेको छ । एमालेले १८ र ३१ नम्बर वडामा पुनः मतगणना हुनु पर्ने मागसहित निर्वाचन कार्यालयमा निवेदन दिएको हो ।

पोखरा महानगरपालिकामा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उमेदवार मेयरमा विजयी भएको घोषणा गर्न बाँकी रहेको अवस्थामा एमालेले नयाँ ‘इस्यु’ उठाएको हो ।

टिप्पणीहरू