काठमाडौंमा लौरो विजयोन्मुख भएपछि एमालेको निश्कर्ष-सुनितालाई मेयरमै लडाउनुपर्ने रहेछ

काठमाडौंमा लौरो विजयोन्मुख भएपछि एमालेको निश्कर्ष-सुनितालाई मेयरमै लडाउनुपर्ने रहेछ

काठमाडौं महानगरपालिकामा केहीबेर अगाडिको पछिल्लो परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिस्पर्धीहरुभन्दा १९ हजार मतले अगाडि देखिएका छन् । उनले ४८ हजार ३२४ मत ल्याएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसकी सिर्जना सिंहले २९ हजार ८३५ मत पाएकी छन् ।

वडा नम्बर १३, १४, १५, १६, १८, १९,२०, २१ र २२ को मतगणना भइरहँदा एमालेका केशव स्थापित २९ हजार ६४४ मत प्राप्त गरेर तेस्रो स्थानमा पुगेका छन् ।

उपमेयरमा एमालेकी सुनिता डंगोलले ५३ हजार २६६,नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले १७ हजार ५९० र राप्रपाकी उम्मेदवारले १० हजार २६४ मत पाएकी छन् । उपमेयरमा सुनिताको यो अग्रता देखेपछि कृष्णगोपाल श्रेष्ठलगायत एमालेका शीर्षस्थ नेताहरुले बरु उनलाई यता प्रवेश नगराई मेयरमा स्वतन्त्र भएरै उठ्न दिएको भए बालेनको भोट काटिएर केशव जित्न सक्ने रहेछन् भन्ने निश्कर्ष निकालेका छन् ।

टिप्पणीहरू