जब निभ्दै जान थाल्यो आशाको दियो

जब निभ्दै जान थाल्यो आशाको दियो

सीमा र अपेक्षाको द्वन्द्वमा छौं हामी  । सामाजिक जागरणको पक्षलाई राजनीतिक दृष्टिकोण र नेतृत्वले निर्धारण गर्नेरहेछ  । हाम्रो राजनीतिक दृष्टिकोण र नेतृत्व यथास्थितिवादी सामन्ती र पूर्वाग्रही छ  । यहाँ सबैको पहिचान र अस्तित्वको समस्या छ  ।

तसर्थ राजाहरू अर्थात् सामन्त र यथास्थितिवादी पुरातन शक्तिभन्दा पनि ज्यादा आधुनिक र प्रगतिशील वा प्रजातान्त्रिक भनिएका/ठानिएका शक्तिहरू पुरातन र जडसूत्रवादी हुँदै छन्  । राजाले छोडेर हिँडे तर राजा ल्याएर राख्नेहरू एकातिर छन् भने अर्कातिर आफैँलाई राजाको रूपमा स्थापित गर्न खोज्ने नव छोटे राजाहरू धेरै छन्  । उनीहरू पारदर्शिता र प्रजातन्त्रमा विश्वास गर्दैनन्  । अहिले भएको यही हो  । उदाहरण अनेक छन्  ।

‘थाहा नगरका प्रमुख लबशेर विष्टले दिए राजीनामा’ यो समाचारको अन्तिममा यस्तो वाक्य थियो– ५ वर्षे कार्यकालमा थाहा नगरको विकासमा ठूलो फड्को मारेको वर्तमान नेतृत्वलाई नै जनताले पुनः जिताउन खोजेका थिए  ।’ समाचारमा जनताको मत र भावनाको अनुमान वा यकिन गर्ने यो आधार गलत थियो  ।

त्यसैगरी, खानेपानी समूहमा वा आमा समूहमा पनि दलीय प्रतिस्पर्धा भएको समाचार हामी लेखिरहेका छौं  । पत्रकारिताको चरित्र एकातिर यस्तो छ भने अर्कातिर विद्वान् आरजु राणाले, चुनाव नजिते राज्यको बजेट नदिने कुरा स–गौरव चुनावी सभामा गर्नुभएको छ र हामीले पनि थपडी मारेकै छौं  ।

सामान्य राजनीतिक नेता वा कार्यकर्ता मात्र होइन, मनोविज्ञानमा विद्यावारिधि (पीएचडी) गरेको र सामाजिक अगुवाले यसरी बोल्न कसरी सक्नुभयो ? भोट नदिएकै कारण वा आफूलाई विजयी नबनाएकै भरमा राज्यले प्रदान गर्ने जनताको बजेट नदिने/रोक्ने धम्की दिने यो कस्तो प्रजातान्त्रिक अभ्यास हो ?

संविधान निर्माणका क्रममा संघीयता र महिला स–शक्तिकरणको मुद्दालाई प्राथमिकतामा राखेर काम गरेको दाबी दोहो¥याउने आरजु राणाबाट प्रकट अप्रिय लाग्न सक्छ यो टिप्पणी तर ‘पाचन वायु’ हो कि अरु कुनै दिव्य ज्ञान ? प्रधानमन्त्री शेरबहादुर देउवासँग उहाँको दाम्पत्य जीवनको संयोग नजुरेको थियो भने आज पनि उहाँका समकालीन राणाकुलीन घरानाका छोरी, बुहारी कहाँ, कसरी, के गरेर जीवन काटिरहेका छन्? भाग्यमै भएको भए मुमा बडामहारानी रत्नको महेन्द्र मञ्जिलको छिँडीको बास वा बडामहारानी कोमलको शिवपुरीको वनबास हुने थियो र ? अरु नेताको कुरा ग¥यो भने कुरैको दुःख भनेजस्तो हुन्छ  ।

चुनावी सभा भनेको कार्यकर्ता भेला होइन  । कार्यकर्ता भेला नै सही तर चेतावनी÷धम्की दिन मिल्दैन  । तर, समाचारमा पहिलो कुरा कार्यकर्तालाई निर्देशन र धम्की दिए भनिएको छ  । आमसभामा प्रधानमन्त्रीले यो–यो कुरा आफ्ना कार्यकर्तालाई, यो–यो कुरा आफ्ना पार्टीका नेतालाई, यो–यो कुरा गठबन्धनका नेता कार्यकर्ताका लागि र बाँकी कुरा जनसाधारण वा मतदाताका लागि भनेर वर्गीकरण गर्नुभएको त पक्कै थिएन होला ? यहाँ समाचारमा कि त प्रधानमन्त्रीको बचाऊ गरियो कि त पूर्णतः प्रधानमन्त्रीले पदीय मर्यादाविपरीत जनतालाई धम्की दिनुभयो  ।

टिप्पणीहरू