पुरुषचाहिँ पीडित हुन्नन् र पत्नीबाट ?

पुरुषचाहिँ पीडित हुन्नन् र पत्नीबाट ?

घरेलु हिंसाबाट महिलाहरू पीडित भएको खबर त धेरै पढिन्छ तर महिलाबाट पुरुष पीडित भएका घटना भने बिरलै सुन्न पाइन्छ  । महिलालाई जसले गरे पनि हिंसा भयो भने साथ र आड दिन मान्छेहरू प्रशस्तै हुन्छन् तर पुरुषको हकमा चाहिँ उल्टै बेइज्जति हुने डरले आफूमाथि भएको हिंसाबारे उनीहरू बोल्न चाहँदैनन्  ।

हलिउडका चर्चित अभिनेता जोनी डेप  । माथि पूर्वपत्नी एम्बर हर्डले २०१६ मा सम्बन्धविच्छेद भएपछि आफू माथि घरेलु हिंसा गरेको आरोप लगाइन्  । जोनीले सात मिलियन डलर बुझाएपछि बल्ल पत्नीबाट मुक्ति पाए  ।

उसो त नेपालमा पनि पुरुषमाथि घरेलु हिंसा हुने गरेको छ तर विकसित देशमा त पुरुषहरू बोल्न डराएका छन् भने नेपालमा नबोल्नु कुनै नौलो कुरा नै होइन  । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक हेर्ने हो भने ०७६/७७ मा ८ सय ७४ जना पुरुष घरेलु हिंसाको शिकार बनेका थिए  । सोही वर्ष महिला पीडक भने १ हजार ६ सय ११ मात्र थिए  ।

यस्तै ०७७/७८ मा १ हजार २ सय ८२ पुरुषमाथि घरेलु हिंसा भएको थियो  । त्यसमा २ हजार ९ सय २९ जना महिला पीडक थिए  । ०७८/७९ चैत्रसम्ममा १ हजार २ सय ९७ जना पुरुष पीडित हुँदा महिला पीडक २ हजार ९ सय ४० देखिए  ।

प्रहरी प्रवक्ता विष्णुकुमार केसीका अनुसार श्रीमतीले आफूलाई हातपात, गाली गलौज तथा मानसिक र भौतिक हिंसा गरेको भन्दै पुरुषले पनि मुद्दा दायर गर्न थालेका छन् । तर, आरोप लागेकै भरमा र उजुरी नपरेसम्म मुद्दा अगाडि बढ्ने गर्दैन  ।

यता, लैंगिक न्यायको वकालत गर्ने एक जना अधिवक्ताले आरोपको भरमा मुद्दा दर्ता गर्ने संस्कृतिले पुरुषमाथि धेरै हिंसा भएको जनाए  । उनी संसारमा जता पनि आरोप लगाउनेले चाहिँ कारबाहीका लागि अदालत नजाने तर आरोप लागेकाले भने निर्दोष होस् हुन अदालतबाट प्रमाण लिएर आइज भन्ने कुसंस्कृति बढ्न थालेको बताउँछन्  ।

उनी भन्छन्, ‘महिलालाई अधिकार धेरै दिइएको छ  । यसले गर्दा पनि सायद निर्दोष पुरुषमाथि हिंसा बढेको छ  । यसले विकृति पनि निम्त्याएको छ  ।’

टिप्पणीहरू