भोटेबहालको आगलागीमा तीन करोडको क्षति

भोटेबहालको आगलागीमा तीन करोडको क्षति

काठमाडौं महानगरपालिका-११ भोटेबहालको एउटा बिजुली पसलमा भएको आगलागीमा लगभग तीन करोडको क्षति भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

११ करोडको क्षति भएको भनिएपनि प्रारम्भिक अनुसन्धानले त्यति देखाएको हो । सुगत सिल्किकारको तीन तले घरको दोस्रो तलामा रहेको इलेक्ट्रिक गोदाममा आज दिँउसो आगलागी भएको हो ।

स्वतन्त्र रिजालको टिम मार्केटिङ इम्पोर्टर र डिस्टिव्युटर फ्यान्सी लाइट गोदाममा तार सर्ट भई आगलागी भएको थियो । काठ्माडौं महानगरअन्तर्गत जुध्द बारुण यन्त्रको दुई वटा दमकल र एउटा ललितपुर महानगरको दमकलले एकछिन अघि मात्र आगो पूर्ण रुपमा नियन्त्रणमा लिएको छ ।

आगलागीका कारण त्यस्तो कुनै मानवीय क्षति भने नभएको जनाइएको छ ।

टिप्पणीहरू