कमल थापाले पनि थुपारे एमालेमाथि दोष

कमल थापाले पनि थुपारे एमालेमाथि दोष

राजतन्त्रको पक्षमा चर्को वकालत गर्दै आएका पहिले राप्रपा,अहिले राप्रपा नेपालका अध्यक्ष कमल थापाले स्थानीय चुनावमा पार्टी पराजय हुनुमा एमालेको दोष देखाएका छन् । एमालेको कारण हालैको निर्वाचनमा पार्टीले एउटा पनि सफलता हात पार्न नसकेको थापाले आरोप लगाएका हुन् ।

आज पार्टी कार्यसम्पादन समितिको बैठकमा बोल्दै पार्टी पुनगर्ठन भएको छोटो समयमा चुनाव भएकाले पनि हार व्यहोर्नु परेको उनको तर्क थियो । साथै एमालेसँग तालमेल गरेर जानुपर्ने बाध्यता भएकाले चुनावमा तालमेल गरिएको ठहर थियो ।

“हामीले एमालेसँग सहकार्य गर्ने निर्णय गर्यौं, त्यो सहि थियो व्यवहारिक र रणनीतिक रुपमा पनि ठीक थियो । तर उसैको कारण चुनावसमेत हारियो ।एमालेलाई आफ्नो पार्टीको भोट हाल्यौँ तर एमालेको भोट राप्रपा नेपाललाई प्राप्त भएन ।”

थापाले भने, ‘चुनावमा हामीले एमालेसँग सहकार्य गर्ने निर्णय गर्यौं, त्यो सहि थियो व्यवहारिक र रणनीतिक रुपमा पनि ठीक थियो । तर उसैको कारण चुनावसमेत हारियो । एमालेलाई आफ्नो पार्टीको भोट हाल्यौँ तर एमालेको भोट राप्रपा नेपाललाई प्राप्त भएन ।’

कमल थापाको पार्टीले एमालेकै चुनाव चिन्ह सूर्यबाट आफ्ना उम्मेदवारहरु उठाएको थियो । तर एमालेले थापाका उम्मेदवारलाई कुनै पनि पालिकाको प्रमुख,उपप्रमुख पदमा उम्मेदवारीको कोटा नै दिएको थिएन ।

उनले भने, ‘आगामी निर्वाचनमा अहिलेको घटनाबाट पाठ सिक्दै नयाँ तयारीका साथ भाग लिइन्छ ।’

टिप्पणीहरू