अफगानिस्तानमा लटरम्म आरु

अफगानिस्तानमा लटरम्म आरु

लामो समयदेखि युद्ध, खडेरी र अनिकालले आजित अफगानिस्तानलाई तालिबानले कब्जा गरेसँगै विभिन्न आकलन भएका छन् । अहिले उनीहरुले कृषिमा जोड दिन थालेका हुन् । पछिल्लो समय कृषि क्षेत्रमा अफगान जनता सक्रिय रुपमा लागेका छन् ।

त्यहाँका जनताले अहिले विभिन्न किसिमका फलफूल टिप्न थालेका छन् । तीमध्ये पाकेका आरुको सिजनबारे चिनियाँ समाचार समितिले सिन्ह्वाले कैद गरेका तस्बिरमा देख्न सकिन्छ ।अफगानिस्तानको नान्गाहार कृषि उपजको हिसाबले सबैभन्दा महत्वपूर्ण प्रान्तहरूमध्ये एक हो । त्यहाँको कृषि, सिँचाइ र पशुपालन विभागका अनुसार अफगानिस्तानले यो वर्ष आफ्ना नौ जिल्लामा आरुको बिरुवा रोपेको छ । यसमा अफगानिस्तान सफल पनि भएको छ ।स्रोतः सिन्ह्वा

टिप्पणीहरू