धुलिखेलका मेयर बालकोटमा,गोकुल बाँस्कोटा धुलिखेलमा

धुलिखेलका मेयर बालकोटमा,गोकुल बाँस्कोटा धुलिखेलमा

धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुको टोली आज बालकोट पुगेको छ । नगरपालिकामा निर्वाचित एमालेको टोली लिएर ब्याञ्जु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नुभएको हो ।

अध्यक्ष ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई खादा लगाएर स्वागत तथा बधाई दिनुभएको थियो । एमाले नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा भने उक्त टोलीलाई बधाई दिन हिजो धुलिखेलस्थित एमाले जिल्ला कमिटीको कार्यालय पुग्नुभएको थियो ।

टिप्पणीहरू