नेपालमा पनि ‘अफ्रिकन स्वाइन फिभर’ « Jana Aastha News Online
Logo
१५ असार २०७९, बुधबार
|  Wed Jun 29 2022
Logo
१५ असार २०७९, बुधबार
|  Wed Jun 29 2022

नेपालमा पनि ‘अफ्रिकन स्वाइन फिभर’

प्रकाशित मिति :  ९ जेष्ठ २०७९, सोमबार १६:४५


‘अफ्रिकन स्वाइन फिभर’ नेपालमा पनि देखापरेको छ । छिमेकी मुलुक भारत र चीनमा पाइएको स्पाइन फिभर नेपालका विभिन्न जिल्लामा देखापरेको हो ।

काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा र दक्षिणकाली क्षेत्र, ललितपुरको गोदावरी र भक्तपुरको चाँगुनारायण क्षेत्रमा संक्रमण फैलिएको पशुसेवा विभागले जनाएको छ । घरपालुवा सुंगुर र बङ्गुर गरी हालसम्म एक हजार १९ को मृत्यु भइसकेको विभागले जानकारी दिएको छ ।

गत चैतमा काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका धेरै बंगुर मरेका थिए । त्यसपछि चैतको अन्तिम साता नमूना संकलन गरी केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा मलिकुलर र सिरोलोजिकल विधिबाट परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर रहेको पुष्टि भएको हो ।

अहिलेसम्म यो रोगको कुनै खोप वा प्रभावकारी उपचार छैन । बंगुर वा सुँगुर प्रजातिमा उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट), कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा निलो धब्बा देखिने, नखाने, बान्ता गर्ने, छेर्ने, छटपटाउनेलगायत यो रोगको लक्षण हो ।

यस्ता कुनै लक्षण देखिएमा प्रदेश तथा स्थानीय तहमा रहेका पशु सेवा निकायमा खबर गर्न विभागले अनुरोध गरेको छ । अफ्रिकन स्वाइन फिभर उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग हो । अफ्रिकी महादेशमा मात्र सीमित रहेको यो रोग सन् २०१८ मा चीनमा देखा परेको थियो । त्यसपछि क्रमशः भारत र भुटानमा पनि देखिएको थियो । अहिले नेपालमा समेत आइपुगेको छ ।


प्रतिक्रिया दिनुहोस !