मनोज पाण्डेविरुद्ध मानव बेचबिखन कसुरमा जाहेरी

मनोज पाण्डेविरुद्ध मानव बेचबिखन कसुरमा जाहेरी

सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेवापत पक्राउ परेका मनोज पाण्डेविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा जाहेरी परेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा पीडित युवतीले पाण्डेविरुद्ध आज जाहेरी दिएकी हुन् ।

भैरहवा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल प्रतियोगिता आयोजना गरेका थिए । प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ भन्दै बोलाएर काठमाडौँको एभरेस्ट होटलमा आफूलाई पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई जेठ ७ मा स्वयम्भूबाट पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू