माधव नेपालले एक्लै लडेर जिल्लामा ३ नगरपालिका जिताए

माधव नेपालले एक्लै लडेर जिल्लामा ३ नगरपालिका जिताए

रौतहटको बृन्दावन नगरपालिकामा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको प्यानल नै विजयी भएको छ ।

पाँच हजार ३४२ मतसहित पालिका प्रमुखमा नेकपा एसकै विनोद पटेल निर्वाचित भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमशंकर यादवलाई एक हजार ४५१ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

त्यसैगरी, उपप्रमुखमा पनि समाजवादीकै उम्मेदवार आएका छन् । वडा नं १, ६,७,८,९ मा वडाध्यक्षसहितको प्यानल नै विजयी भएका छन् ।

टिप्पणीहरू