ओलीद्वारा पछि पारिएका उत्तम एक नम्बरमा बढुवा सिफारिस

ओलीद्वारा पछि पारिएका उत्तम एक नम्बरमा बढुवा सिफारिस

गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना डीआइजीलाई एआइजीमा बढुवा सिफारिस गरेको छ । आइजिपीसहितको बढुवा सिफारिस समितिले पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस पठाएको हो ।

आज बसेको बढुवा समितिको बैठकले हाल काठमाण्डौ उपत्यका हेरिरहेका र माधवकुमार नेपालको छिमेकी हुनुको नाताले केपी ओलीद्वारा पुच्छारमा पारेर बल्ल बल्ल डीआइजी बनाइएका उत्तमराज सुवदी,अरुण बीसी,सुनकाण्डमा अनाहक जेल परेका दिवेश लोहनी, पाँच नम्बर प्रदेशबाट वीचैमा तानिएका मुकुन्दराज आचार्य र एक मात्र महिला पूजा सिंहलाई एआइजीमा बढुवाको सिफारिस गरेको हो । जसमध्ये डीआइजी सुवेदीलाई सबैभन्दा धेरै अंक दिएर पहिलो स्थानमा सिफारिस गरिएको छ भने दोस्रोमा अरुण बीसी र तेस्रोमा दिवेश लोहनी छन् ।

टिप्पणीहरू