भेट्न हुने,भन्न नहुने कारण के होला ?

भेट्न हुने,भन्न नहुने कारण के होला ?

प्रजातन्त्र, मानवअधिकार, व्यक्तिगत स्वतन्त्रता र पारदर्शीताको पक्षधर महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाकी उपमन्त्री नेपालको तीन दिने भ्रमण सकाएर हिजो साँझ स्वदेश फर्कनुभएको छ । अमेरिकी दूतावासले उपविदेशमन्त्री उज्रा जिया काठमाडौंबाट उडेलगत्तै उहाँले नेपालका प्रधानमन्त्री, मन्त्री र मुख्य सचिवसँग भेट गरेको फोटोसमेत प्रकाशित गरेको छ ।

तर शुक्रबार दिउँसो काठमाडौं उत्रनुभएकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार सम्बन्धी उपविदेशमन्त्री जिया अमेरिकी सरकारको तिब्बत मामिलासम्बन्धी विशेष संयोजक पनि हुनुहुन्छ । उहाँले शुक्रबार र शनिबार नेपाली अधिकारीहरुसँग भेटघाट नै गर्नुभएन । हिजो आइतबार भने एकाध घण्टामा त्यो सबै भेट सकाउनुभयो ।

तर शुक्रबार उहाँले साँझ अमेरिकी दूतावास, अमेरिकी राजदूतको निवास र शनिबार दिउँसो जावलाखेल र बौद्धमा तिब्बती शरणार्थीहरुसँग घण्टौ भेटघाट, छलफल र अन्तरक्रिया गर्नुभएको थियो । हिजो दिउँसो पनि स्वयम्भू पछाडि रहेको तिब्बती विद्यालयमा लञ्चसहितको भेटघाट कार्यक्रममा सहभागी हुनुभयो ।

यसबारे दूतावासले केही पनि जानकारी गराएको छैन । विश्वमा सबैभन्दा धेरै पारदर्शी प्रजातन्त्र अवलम्बन गरेको भनिएको मुलुकको दूतावासले गुमराहमा राखेको समाचारबारे अरुले के भन्ने ?

टिप्पणीहरू