खुमलटारमा पम्फा भुसाल, हात्तीवनमा दाहाल र नेपाल

खुमलटारमा पम्फा भुसाल, हात्तीवनमा दाहाल र नेपाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग हिजो ऊर्जामन्त्री तथा माओवादी नेतृ पम्फा भुसालले भेट गर्नुभएको छ । दाहालसँग भेटघाटको निम्ति मन्त्री भुसाल बिहान ११ बजे खुमलटार पुग्नुभएको थियो । उहाँ झण्डै एक घण्टा कुराकानी गरेर त्यहाँबाट बाहिरिनुभएको हो ।

उता माओवादी नेता नारायणकाजी श्रेष्ठको निवासमा हिजो दिउँसो अध्यक्ष दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पुग्नुभएको छ । उहाँको हात्तीवनस्थित निवासमा अध्यक्षद्वय दिउँसो ४ बजे जानुभएको हो ।

तीन जना नेताबीच करिब एक घण्टा कुराकानी भएको श्रेष्ठकी सहयोगी सुसन कर्माचार्यले बताइन् ।

टिप्पणीहरू