म्याडमको काम, उतैबाट धमाधम

म्याडमको काम, उतैबाट धमाधम

शक्ति भनेको हुँदासम्म हो, नहु्ँदा के हुन्छ भन्ने कुरा कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काबाट बुझ्न सकिन्छ । खुमबहादुर जब शक्तिमा थिए, देशभित्रमात्रै हैन, विदेश बस्ने दाङका प्रत्येक मान्छे उनका नाममा गर्व गर्थे ।

तर, मोरङको बक्राहा नदीमा भएको भ्रष्टाचार मुद्दा लागेर जब कमजोर हुँदै गए, तब ‘भक्त’ हरु टाढिए । हुँदाहुँदा उनी मिर्गौला रोगले थलिए । अर्थात्, राजनीतिक र भौतिक शक्तिबाट पनि कमजोर भएपछि उनको मृत्यु गुमनाम हुन पुग्यो । जागिर लगाइदिएका, घर बनाइदिएका थुप्रै मानिस खड्काको वरिपरि नै परेनन् ।

शायद, यही बुझेर हुनुपर्छ, आजकल प्रधानमन्त्री पत्नी डा.आरजु देउवाले रातको १० बजेपछि बालुवाटार छाड्नुहुन्छ । बूढानीलकण्ठस्थित निजी निवासमा पुगेर गर्नुपर्ने सबै लेनदेन र सरसल्लाह मिलाउने गरेको स्रोतले जनाएको छ ।

सरकारका सचिव, मन्त्री, व्यापारी र विभिन्न निकायका प्रमुखसँग लिनुपर्ने काम र दामको हिसाब आजकल बालुवाटारमा हैन, बूढानीलकण्ठमै मिल्ने गरेको चर्चा चल्ने गरेको छ ।

किनभने, बालुवाटारमा अनेकन मानिसको आवत–जावत हुन्छ । सुरक्षा निकायका गुप्तचरीदेखि चासो र निन्दा पनि बढी नै हुन्छ । यसर्थ, ‘गोप्य’ ठाउँको रुपमा निजी निवास रोजिएको चर्चा छ ।

टिप्पणीहरू