चीनमा झण्डै लोप भएको लङगुरको बथान देखिन थाल्यो

चीनमा झण्डै लोप भएको लङगुरको बथान देखिन थाल्यो

सेतो टाउको भएको लङ्गुरको संख्यामा कमी आएसँगै निराश भएको चीन पछिल्लो समय हर्षित देखिएको छ । सन् १९८० मा वन्यजन्तुको चोरी शिकारीका कारण तीन सयमा झरेको लङ्गुरको संख्या पुनः बढ्न थालेसँगै चीन हर्षित भएको हो ।

दक्षिण चीनमा लोपोन्मुख प्राइमेट प्रजातिको उद्धार गर्न सन् २००५ मा दुर्लभ लङ्गुरहरूको संरक्षण गर्न क्षेत्रीयस्तरको प्रकृति आरक्षण स्थापना गरिएको थियो । त्योसँगै अहिले उक्त प्रजातीका लङ्गुरहरुको संरक्षण गर्न गाउँलेले नियमित अनुगमन गरिरहेको अधिकारीहरुले बताएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार गाउँलेले लङ्गुरको निगरानी गर्न मानवरहित हवाई उडान, इन्फ्रारेड क्यामरा, भिडियो निगरानी र उपग्रह रिमोट सेन्सिङलगायतका उन्नत प्रविधिहरू पनि प्रयोग गरेका छन् ।सबैको सहयोगले अहिले दक्षिण चीनमा सेतो टाउको भएका लङ्गुरहरू १३ सय पुगेको बताइएको छ । यो एक दशकअघिको तुलनामा ७० प्रतिशतबाट बढेर ८६ प्रतिशत पुगेको हो ।

यो प्रजातिको टाउको सेतो हुने भएकाले सेतो टाउको भएको लङ्गुर भनिएको हो । यो दक्षिण चीनको क्वाआङ्सी चुआङ स्वायत्त क्षेत्रका चुओच्याङ र मिङच्याङ नदीहरू बीचको २०० वर्ग किलोमिटरका पहाडी क्षेत्रमा पाइन्छ ।स्रोतः सिन्ह्वा

टिप्पणीहरू