धरानमा हर्कले जिते, बेघालाई अन्तत: सफलता

धरानमा हर्कले जिते, बेघालाई अन्तत: सफलता

कम्युनिष्टहरुको लालकिल्लाका रुपमा परिचित पूर्वको पुरानो शहर धरानमा स्वतन्त्र उम्मेदवारले मेयर जितेका छन् । धरान उपमहानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उठेका हर्कराज राई भर्खरै विजयी भएका हुन् ।

काँग्रेस र एमालेजस्ता जनस्तरमा स्थापित ठूला पार्टीका उम्मेदवारलाई हराएर मेयर जितेका हर्कले २० हजार ८२१ मत पाएका छन् । उनका निकटम प्रतिष्पर्धी सत्ता गठबन्धनबाट चुनाव लडेका कांग्रेसका किशोर राईले १६ हजार ५९ भोट पाए । तेस्रो स्थानमा रहेकी एमाले उम्मेदवार मञ्जु भण्डारीले १२ हजार ८२५ मत ल्याईन् ।

उपमेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका आइन्द्र बिक्रम बेघा निर्वाचित भएका छन् । उनले एमालेका पदमप्रसाद लिम्बुलाई हराएका हुन् । बेघाले २० हजार ५१० मत ल्याउँदा लिम्बूले १७ हजार ६०६ मत पाए । अघिल्लो पटक माओवादीबाट मेयर उठेका बेघा तेस्रो स्थानमा रहेर हारेका थिए ।

टिप्पणीहरू