न्युजील्याण्डका धेरै सहरमा सगरमाथा दिवसको तयारी

न्युजील्याण्डका धेरै सहरमा सगरमाथा दिवसको तयारी

विगतमाझैँ यो वर्ष पनि न्युजिल्याण्डमा सगरमाथा दिवस मनाइने भएको छ । गैरआवासीय नेपाली संघ, न्युजील्याण्डको आयोजनामा सगरमाथा दिवस मनाउने तयारी थालिएको हो ।

मे २८ देखि ३१ सम्म न्युजिल्याण्डका विभिन्न छ वटा सहरमा यो दिवस मनाईंदै छ । सगरमाथा दिवसलाई लक्षित गर्दै २८ मेका दिन इन्भरकारगिलमा भव्य कार्यक्रमको आयोजना गरिएको छ ।

त्यसैगरी, अक्ल्याण्ड, बे अफ प्लेनटी, हेमिल्टन र क्राइस्टचर्चमा २९ मेका दिन दिवस मनाइनेछ । अन्तिम दिन अर्थात ३१ मेमा वेलिङ्टन सहरमा उक्त दिवस सम्पन्न गरिनेछ ।

नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमण्ड हिलारीले ६९ वर्षअघि सन् १९५३ मे २९ का दिन सगरमाथाको सफल आरोहण गरी संसारको सर्वोच्च शिखरमा पाइला टेकेर विश्व कीर्तिमान स्थापित गरेको अवसरमा हरेक वर्ष यो दिवस मनाइन्छ ।

दिवसमा न्युजील्याण्डमा रहेका सगरमाथा आरोहीहरुलाई सम्मान गर्ने कार्यक्रमसमेत राखिएको छ ।

टिप्पणीहरू