काँग्रेसबाट मेयर जितेका श्रेष्ठले माओवादी नेताको शालिकमा ढोगे

काँग्रेसबाट मेयर जितेका श्रेष्ठले माओवादी नेताको शालिकमा ढोगे

नेपाली कांग्रेसबाट नुवाकोट,विदुर नगरपालिकाको मेयर जितेका राजनलाल श्रेष्ठले माओवादी नेता स्वर्गीय पोष्टबहादुर बोगटीप्रति उच्च सम्मान देखाएका छन् ।

हिजो दिउँसो नगर प्रमुखमा निर्वाचित भएलगत्तै पिपलटारस्थित पोष्टबहादुरको शालिकमा पुगेर उनले माल्यार्पण गरेका हुन् । मेयर श्रेष्ठले शालिकमुनि शीर झुकाएर श्रद्धाभाव प्रकट गरेको फोटोले यतिबेला सामाजिक सञ्जालमा प्रशँशा बटुलिरहेको छ ।

पोष्टबहादुरप्रति सम्मान व्यक्त गर्न श्रेष्ठसँगै उपमेयरमा निर्वाचित नेता बोगटीकी छोरी प्रभा बोगटीसहित कांग्रेस र माओवादी दुवै पार्टीका दर्जनौँ कार्यकर्ता पनि पिपलटार पुगेका थिए ।तत्कालीन एकीकृत माओवादीको महासचिवसमेत रहेका पोष्टबहादुर बोगटीको जनयुद्धका बेला तत्कालीन कांग्रेस नेतृत्वको सरकारले टाउकोको मूल्य तोकेको थियो । आफ्नो राजनीतिक आस्था र युद्धको परिस्थितिलाई बिर्सेर मेयर श्रेष्ठले उच्च राजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै उनले चौतर्फी प्रशँशा कमाएका छन् ।

विदुर नगरपालिकामा कांग्रेस र माओवादीले चुनावी तालमेल गरेका थिए ।

टिप्पणीहरू