बालुवाटारमा तीन दलका नेता फेरि जुटे

बालुवाटारमा तीन दलका नेता फेरि जुटे

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनका नेताहरुको भेटघाट शुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज फेरि एक ठाउँ जुट्नुभएको हो ।

उहाँहरुसँगै अहिले बालुवाटारमा माओवादी नेता नारायणकाजी श्रेष्ठ र काँग्रेस उपसभापति पूर्णबहादुर खड्का पनि बैठकमा सामेल हुनुभएको बालुवाटार स्रोतले बताएको छ ।
शीर्ष नेताहरुबीच सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिने विषयमा पनि छलफल हुन लागेको बताइन्छ । हिजो पनि उहाँहरु यसैगरी ५ घण्टा सङ्गै बस्नुभएको थियो ।

टिप्पणीहरू