५१ भोटले मित्रपार्क कांग्रेसलाई

५१ भोटले मित्रपार्क कांग्रेसलाई

नेकपा एमालेलाई झिलो मतले पराजित गर्दै काठमाडौँ महानगरपालिका-७ मित्रपार्कमा सत्तारुढ नेपाली कांग्रेसले वडाध्यक्षसहित प्यानलनै जितेको छ ।

काँग्रेस उम्मेदवार बिमल कुमार होडाले २८ सय ६७ मतसहित वडाध्यक्ष जितेका हुन् । उनका निकटम प्रतिष्पर्धी एमालेका कृष्णमणि भट्टराईले २८ सय १६ भोट पाएका छन् ।

त्यहाँ एकीकृत समाजवादीका उम्मेदवारले पनि मनग्ये भोट ल्याएका छन्। समाजवादीका उम्मेदवार शुद्धकुमार डंगाेलले ९२४ मत पाएका हुन् । राष्ट्रिय राजनीतिमा तेस्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रले भने मित्रपार्कमा लज्जास्पद भोट ल्याएको छ । माओवादी उम्मेदवार विष्णुप्रसाद चाैलागाईले जम्मा ११२ मत पाए ।

त्यस्तै, राप्रपाका गोपाल थापाले ५५८ भोट ल्याउँदा स्वतन्त्र उम्मेदवार रमेश महर्जनले ३४१ मत पाएका छन् । नेमकिपाका चन्द्र किरण राजभण्डारीले २१, लोसपाका निरज श्रेष्ठले १६ र नेपालका लागि नेपाली पार्टीका शक्ति बस्नेतले चार भोट पाएका छन् ।

वडाध्यक्षमा ११ जनाले उम्मेद्वारी दिएको काठमाडौँ-७ मा दुई स्वतन्त्र उम्मेदवार राजेन्द्रमान प्रधान र हिराकाजी महर्जनले क्रमसः ५ र १ भोट ल्याएका छन् ।

यहाँ मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नै सबैभन्दा बढी ३ हजार ८४६ मत प्राप्त गरेका छन् । दोस्रोमा कांग्रेस उम्मेदवार सिर्जना सिंहले १ हजार ५८० मत पाउँदा तेस्रोमा एमालको उम्मेदवार केशव स्थापितले १ हजार ४७२ मत प्राप्त गरेका छन् ।

टिप्पणीहरू