मिलेर जति धेरै सीट जित्दा पनि अघाएनन् काँग्रेसका नेता

मिलेर जति धेरै सीट जित्दा पनि अघाएनन् काँग्रेसका नेता

अघिल्लो स्थानीय तहको चुनावमा भन्दा यसपटक काँग्रेस बलियो बनेको तथ्याङ्कले देखाइरहँदा पनि नेपाली काँग्रेसका एकथरि नेताले उक्त वास्तविकतालाई स्वीकार्न सकेका छैनन् । गत चैतदेखि पार्टीले एक्लै चुनाव लड्नुपर्ने वकालत गर्दै आएका नेताहरुले अहिले पनि त्यहि रटान लगाएका छन् ।

नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जित्ने बताए । उनले अझ धेरै जित्ने सम्भावना हुँदाहुँदै नेतृत्व अदूरदर्शी रहेको गुनासो पनि पोख्न भ्याए ।

उनले भनेका छन्, ‘प्रशस्त जित्ने सम्भावना हुँदाहुँदै पनि गठबन्धन गरेकै कारण काँग्रेसले मुलुकका धेरै वटा स्थानीय तहको नेतृत्व गुमाएको छ ।’ कोइरालाको उक्त भनाइलाई ठाडै अस्वीकार गरेका प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निकट एक जना केन्द्रीय सदस्यले भने,‘१२ वर्ष ढुंग्रोमा हाले पनि पुच्छर बाङ्गाकाे बाङ्गै भनेझैं हाम्रा नेताहरु तथ्यले पुष्टि गर्दा पनि स्वीकार्न अप्ठेरो मानिरहेका छन् ।’

टिप्पणीहरू