माओवादीभित्र पनि अन्तरघात,कारवाहीको सिफारिस

माओवादीभित्र पनि अन्तरघात,कारवाहीको सिफारिस

नेकपा माओवादी केन्द्रको सल्यान बागचौर नगर कमिटीले पूर्व नगरप्रमुख तथा प्रदेश कमिटी सदस्य लोकमान बुढाथोकीलाई कारवाहीको निम्ति प्रदेश कमिटीमा सिफारिस गरेको छ । बुढाथोकीले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन आवश्यक भूमिका खेलेको भन्दै उक्त सिफारिस गरिएको हो ।

निर्वाचनमा पार्टीका उम्मेदवार हराउन उनले खेलेको नकारात्मक भूमिकाको प्रमाणसमेत भेटिएको कमिटीको निर्णयमा उल्लेख छ । जनाधार बलियो हुँदाहुँदै पूर्वनगरप्रमुख तथा प्रदेश कमिटी सदस्यसमेत रहेका बुढाथोकीले नगरमा सबै उम्मेदवार हराउन भूमिका खेलेको बताइएको छ ।नगर कमिटी अध्यक्ष शोभाराम भण्डारीका अनुसार पार्टीका उम्मेदवार हराउन सक्रिय बुढाथोकीलाई कारबाहीका लागि सिफारिस गरिएको र नगर समिति सदस्य डिल्ली वलीलाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको छ । कमिटीले सात सदस्यीय छानबिन समिति पनि बनाएको छ ।

टिप्पणीहरू