नेपालको राष्ट्रिय खेल ‘भलिबल’ दिवस मनाईंदै

नेपालको राष्ट्रिय खेल ‘भलिबल’ दिवस मनाईंदै

राष्ट्रिय खेल भलिबल घोषणा भएको आज पाँच वर्ष पुगेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारले २०७४ जेठ ८ गते नेपालको राष्ट्रिय खेल भलिबल घोषणा गरेको थियो ।

त्यसयता नेपाल भलिबल संघ, भलिबल क्लब र एकेडेमीका रुपमा रहेका संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी यो दिनलाई भलिबल दिवस दिवस मनाउँदै आएका छन् ।

आज जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले खेलकुद पत्रकारसहित भलिबलमा क्रियाशील व्यक्तिहरुबीच मैत्रीपूर्ण खेलको आयोजना गर्दै भलिबल दिवस मनाउन लागेको हो ।

टिप्पणीहरू