नबिल बैंक सबै सूचकाङ्कमा अरुभन्दा अगाडि हुने

नबिल बैंक सबै सूचकाङ्कमा अरुभन्दा अगाडि हुने

नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंक लिमिटेड (एनबी) लाई एक्विजेसन (प्राप्ति) गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ । हिजो भएको विशेष साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो ।

एनबीको सम्पत्ति र दायित्वको मूल्याङ्कन प्रतिवेदन तथा अन्य व्यवस्थाको आधारमा सेयर मूल्य अनुपात १००ः४३ लाई पनि विशेष साधारण सभाले स्वीकृति प्रदान गरेको छ । अब एनबीका सेयरधनीहरुले आफ्नो एक सय कित्ता सेयर बराबर नबिलको ४३ कित्ता सेयर पाउने निश्चित भएको छ ।

साधारणसभाले सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डीडीए), समझदारीपत्र (एमओयु) तथा अन्तिम सम्झौतापत्रलगायत यसबीचमा भए गरेका सम्पूर्ण काम कारवाहीलाई अनुमोदन समेत गरेको छ ।

अब नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख रुपैयाँ पुग्नेछ । कर्जा बिस्तार ३ खर्ब ९ अर्ब र निक्षेप रकम ३ खर्ब २० अर्ब रुपैयाँ पुग्नेछ । त्यसैगरी बैंकको गैरकोषमा आधारित व्यवसायको आकार पनि एक खर्ब ४५ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

अब नबिल बैंकको शाखा २५४ वटा हुनेछ । पछिल्लो नौ महिनाको संयुक्त खुद नाफा चार अर्ब ४६ करोड रुपैयाँ पुग्ने उल्लेख छ ।

एनबीलाई प्राप्तिपश्चात् नबिल बैंक वाणिज्य बैंकहरुमध्ये निक्षेप, कर्जा, गैरब्याज आम्दानी, गैरकोषमा आधारित व्यवसाय, कुल नाफालगायतका सूचकाङ्कहरुमा सबैभन्दा अगाडि हुने बताइएको छ ।

टिप्पणीहरू