बालेनको जित, काठमाण्डौ र कालो चश्मा

बालेनको जित, काठमाण्डौ र कालो चश्मा

काठमाडौं महानगरपालिकामा मतगणनाको अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने भएको छ । मेयरमा उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले एक लाख भोट गनिसक्दा प्रतिस्पर्धीहरुलाई १५ हजारभन्दा बढी मतले पछाडि पारेका छन् ।

यहि रफ्तारमा मतान्तर कायम रहे उनले जित्ने अवस्था बलियो बन्दै गएको छ । प्रारम्भमा ठूला दलहरु मुख्यतयाः नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदवारबाहेक अरुले चिताउन नपर्ने भविष्यवाणी गरेका धेरैलाई अहिले बालेनको अग्रताले अप्ठेरो पारेको हो ।

काठमाडौंमा स्वतन्त्र उम्मेदवार,त्यो पनि भर्खरको उमेरकाले बलियो संगठनवाला भनिएका एमाले र काँग्रेस उम्मेदवारको अघिल्तिर चियाउन पनि नपर्ने धेरैको आकलन बिस्तारै उल्टो हुने लाइनमा गएको छ । बालेन साहको पक्ष र विपक्षमा धेरैले अनेक तर्क प्रस्तुत गरेका छन् ।

पेशाले इञ्जिनियर भए पनि उनलाई नयाँ पुस्ताले पूर्वीय संगीतमा ‘सुर न तालको’ नामले परिचित र्याप गायकको रुपमा चिन्दै आएका छन् । अहिले तिनै ‘सुर न तालका’ गीत गाउने गायको जय र पराजयको बारेमा बाजी मार्न थालिएको छ । कतिपयले आफूलाई भाइरल सावित गराउन पनि सामाजिक सञ्जालमा बाजी मारेका छन् ।

सामाजिक सञ्जालमा भाइरल हुनको निम्ति धेरैले फेक आइडीको सहयोग लिने गरेका छन् । त्यसैले हिजोआज सामाजिक सञ्जालमा पोष्ट गर्ने सबै सम्बन्धित व्यक्ति वा संस्था नै हो भनेर किटान गर्न पनि गाह्रो छ ।

तर,यही मेसोमा ट्वीटरमा सुषमाले लेखेकी छन्,‘बालेनले जित्यो भने जितेको दिन भृकुटीमण्डपमा स्तन प्रदर्शन गरेर बस्छु !! कसम !!’ त्यसैगरी विद्रोही दमन धादिङ्गेले लेखेका छन्, ‘बालेनले काठमाडौं जिते म नागढुंगादेखि रत्नपार्कसम्म नाङ्गै दौडिन्छु । जित्छ भनेर सपनामा पनि नसोचौं । ’

विद्रोहीले आफूलाई एउटा शब्दले जोगाउँदै लेखेको देखिन्छ । उनको आशय कम्मर मुन्तिरको भाग नाङ्गै देखाएर दौडिने भने पनि पछि नाङ्गो गोडाले दौडिन्छु भनेको हुँ भनेर स्पष्टीकरण दिन सक्छन् । तर, सुषमाले छाती देखाउँछु पनि भनेकी छैनन् । उनले स्तन नै देखाउने ठोकुवा गरेकी छन् ।

बालेनले जितेको अवस्थामा यी दुईले आफ्नो वाचा पूरा गरे भने कम्तिमा थानकोटदेखि रत्नपार्कसम्मको सडक र भृकुटीमण्डपमा जाने सबैले त्यो समयमा कालो चश्मा लगाउनुपर्ने भएको छ ।

टिप्पणीहरू