छोरी मारेर जेल परेकी भारतीय मिडिया एक्जिक्युटिभ धरौटीमा रिहा

छोरी मारेर जेल परेकी भारतीय मिडिया एक्जिक्युटिभ धरौटीमा रिहा

भारतीय मिडिया एक्जिक्युटिभ इन्द्राणी मुखर्जीलाई अदालतले धरौटीमा रिहा गरेको छ । झण्डै सात वर्षदेखि मुम्बईको एउटा जेलमा राखिएकी उनी अस्ति धरौटीमा छुटेकी हुन् ।

उनी सन् २०१५ मा छोरी शिना बोराको हत्या आरोपमा पक्राउ परेकी थिइन् । भारतीय टेलिभिजन एक्जिक्युटिभ पिटर मुखर्जीकी श्रीमती उनी सन् २००७ मा खुलेको आइएनएक्स मिडियाको सह-संस्थापक थिइन् । पछि उक्त संस्थाको प्रमुख कार्यकारी अधिकृत भइन् ।

सन् २००९ मा उक्त संस्थाबाट राजीनामा दिएकी उनले त्यो कम्पनी फेरि उनैलाई बिक्री गरिन् ।इन्द्राणी १० वर्षअघि सन् २०१२ मा २४ वर्षे छोरीको हत्या गरेको आरोपमा थुनामा परेकी हुन् । उनले कार चालक र पहिलेका श्रीमानसङ्ग मिलेर हत्या गरेको पुष्टि भएको थियो ।

छोरीले झट्केलो बाउतर्फका छोरासँग प्रेम गरेको आरोपमा मारिएको बताइएको छ । तर, त्योसँगै उनीहरुको सम्पत्तिको विषयमा लफडा भएको अनुसन्धानबाट खुल्दै आएको छ ।

टिप्पणीहरू