९ कक्षाकी विद्यार्थीमाथि २ जना शिक्षकको महिनौंसम्म दुर्व्यवहार

९ कक्षाकी विद्यार्थीमाथि २ जना शिक्षकको महिनौंसम्म दुर्व्यवहार

गुल्मीका दुई जना शिक्षकले ९ कक्षामा अध्ययनरत छात्रालाई नौ महिनादेखि यौन दुर्व्यवहार गरेका छन् । सोही आरोपमा ती शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।

सत्यवती गाउँपालिकाको हसरास्थित सत्यवती माध्यमिक विद्यालयको कक्षा नौ मा अध्ययनरत छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको हो ।

छात्रालाई शिक्षक बस्यालले गत भदौदेखि र भट्टराईले गत माघदेखि यौनजन्य दुर्व्यवहार गरेको प्रारम्भिक अध्ययनबाट खुलेको छ ।

टिप्पणीहरू