झापामा म्यादी प्रहरीद्वारा बालिका बलात्कृत

झापामा म्यादी प्रहरीद्वारा बालिका बलात्कृत

बालिका करणी गरेको अभियोगमा झापामा एक म्यादी प्रहरी पक्राउ परेका छन् । उदयपुरको ताप्ली गाउँपालिका–५ का ३० वर्षीय कमलप्रसाद पोखरेलले बालिका करण गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार उनलाई गौरीगञ्जबाट पक्रिइएको हो । पोखरेलले गत मंगलबार १४ वर्षीया बालिकालाई नजिकैको जंगलमा लगेर बलात्कार गरेको पुष्टि भएको छ ।

प्रहरीले अभियुक्त पोखरेललाई उदयपुर पठाएको छ । उनी झापामा म्यादी प्रहरीमा भर्ना भएका थिए ।

टिप्पणीहरू