राजधानीमा काँग्रेस र माओवादीको जुलुस

राजधानीमा काँग्रेस र माओवादीको जुलुस

०७९ बैशाखको स्थानीय निर्वाचनबाट पहिलो दल बनेको नेपाली काँग्रेसले जुलुस निकाल्न थालेको छ । केही बेरअघि भक्तपुरको मध्यपुर थिमिबाट विजय जुलुस निस्किएको छ ।

स्थानीय बालकुमारी मन्दिरबाट काङ्ग्रेस नगर कमिटी तथा नेकपा माओवादी केन्द्र मध्यपुर नगर कार्यसमितिको संयुक्त आयोजनामा जुलुस निकालिएको हो ।

काँग्रेस नगर सभापति हरिदास प्रजापतिको सभापतित्व तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा नेकपा माओवादी केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला इञ्चार्ज दिलिपकुमार प्रजापति,काँग्रेस जिल्ला सभापति दुर्लभ थापा, मध्यपुरका मेयर सुरेन्द्र श्रेष्ठ,उपमेयर विजयकृष्ण श्रेष्ठ, नवनिर्वाचित वडाध्यक्षहरू, वडासदस्यहरूलगायतको उपस्थितिमा र्याली र सभाको आयोजना गरिएको हो ।

जुलुस बालकुमारी दुई पोखरीबाट हात्तीमहाँकाल,चपाचो, गुड्डुचिवा,सिद्धिगणेश मन्दिर प्राङ्गण,लायकू पाँचो परिसर,खपलाँ गेट, मगर गाउँ चोक,सानो थिमि चोक,लोकन्थली स्वास्थ्य चौकी,याजू टोल, कौशलटार चोक, सुन्दरनगर चोक, तछुटोल,बालकुमारीमा गएर टुंगिएको छ ।

टिप्पणीहरू