बलात्कारीलाई गौंडा गौंडामा खबरदारी

बलात्कारीलाई गौंडा गौंडामा खबरदारी

अहिलेकी युवती, पहिलेकी किशोरी मोडललाई सुन्दरी प्रतियोगिताका एक जना आयोजकले बलात्कार गरेको विषयवारे सडकमा,संसदमा र बालुवाटारमा समेत चर्चा हुन थालेको छ । हिजो बिहान प्रधानमन्त्री निवास बालुवाटार घेर्न युवाहरुको समूह भाटभटेनी पुगेको थियो ।

अर्काथरि युवाहरु माइतीघरमा भेला भएका थिए । संसदमा बलात्कारीलाई सजाय दिन र बलात्कारसम्बन्धी कानुनमा तोकिएको हदम्याद हटाउन सांसदहरुले नै माग गरेका छन् ।

आज बिहान १० बजे युवाहरुको एउटा समूह माइतीघर मण्डला पुुगेको छ । बलात्कार पीडित सुस्मितालाई न्यायको पक्षमा बोल्न,संसद र सांसदलाई हदम्यादको कानुन खारेज गर्न दबाब दिने उद्देश्यले उनीहरु माइतीघरमा भेला भएका हुन् ।

आज भेला भएका युवाहरुले संसद घेरौं, हदम्यादको कानुन बदलौं,बलात्कारीलाई सजाय दे,हिंस्रकहरु होशियार,यस्तो थिति चाहिँदैन नलडी हक पाईंदैन, पुँजीवादी पितृसत्ता मूर्दावाद, महिला शरीरको वस्तुकरण बन्द गर, सुन्दरी प्रतियोगिता खारेज गर,लड्न जुटौं, जितका लागि जुटौंलगायत नारा लगाउँदै प्लेकार्ड बोकेका थिए ।

टिप्पणीहरू