मुख्यसचिवलाई भेट्न प्रधानसेनापति सिंहदरबारमा

मुख्यसचिवलाई भेट्न प्रधानसेनापति सिंहदरबारमा

मुख्यसचिव शंकरदास बैरागी र प्रधानसेनापति प्रभुराम शर्माबीच भेटघाट भएको छ । उहाँहरुबीच हिजो दिउँसो एक घण्टाभन्दा बढी समय कुराकानी भएको हो ।

शर्मा र बैरागीबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मध्यान्ह साढे १२ बजेदेखि भेटवार्ता भएको प्रम कार्यालयस्थित श्रोतले बतायो । कुराकानी सकेर शर्मा दिउँसो डेढ बजे बाहिरिनुभएको थियो । उहाँ केही खरिद र बजेटसम्वन्धी केही प्रस्ताव लिएर गएको बुझिएको छ ।

टिप्पणीहरू