दलाई लामाका सांसदहरु काठमाडौंमा देखिए

दलाई लामाका सांसदहरु काठमाडौंमा देखिए

अमेरिकी उपविदेशमन्त्री तीन दिने नेपाल भ्रमणमा आएलगत्तै राजधानी काठमाडौंका महत्वपूर्ण स्थानमा भारततिर निर्वासित तिब्बती धार्मिक नेता दलाई लामाका सांसदहरुको उपस्थिति देखिएको छ ।

हिजो साँझ कमलादीस्थित अमेरिकी राजदूतको निवास कमल कुञ्जमा उनीहरुको उपस्थिति थियो । नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकारसम्बन्धी अमेरिकी उपविदेशमन्त्री तथा तिब्बती मामिलासम्बन्धी अमेरिकी विशेष संयोजक उज्रा जेयाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा दलाई लामाका सांसदहरुलाई पनि आमन्त्रण गरिएको हो ।

मन्त्री जेयासँगै नेपाल आएकी युएसएआईडीकी उपसहायक प्रशासक अञ्जली कौर,सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वसभामुख ओनसरी घर्ती,प्रधानमन्त्री पत्नी डा.आरजूराणा, निर्वासित तिब्बती सांसद तथा नेताद्वय रत्सा सोनाम नोर्बु र सेर्ता तासी ढोन्डुप कार्यक्रममा उपस्थित भएका हुन् ।

उनीहरुसङ्ग मन्त्री जेयाको नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीकै सामु साँझ सवा ८ बजेसम्म विशेष भेटघाट भएको त्यहाँ सहभागी एक दैनिक पत्रिकाका विदेश मामिला हेर्ने रिपोर्टरले बताए ।

त्यसपछि नेपाली काँग्रेसकी नेतृ तथा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू राणासमेतको उपस्थितिमा तेस्रो लिंगी भूमिका श्रेष्ठ र एसिड पीडित मुस्कान खातुनलाई महाराजगन्जस्थित दूतावासको छुट्टै कार्यक्रममा सम्मान गरिएको थियो ।

टिप्पणीहरू