काठमाडौंमा आधा मतगणना : सूर्यभन्दा लौरो १४ हजारले अघि

काठमाडौंमा आधा मतगणना : सूर्यभन्दा लौरो १४ हजारले अघि

काठमाडौं महानगरपालिकामा ९० हजार छ सय २६ मतगणना भएको छ । प्रारम्भदेखि स्वतन्त्र उम्मेदवार बालेन साहले राखेको अग्रता कायमै छ ।

साहको लौरो चिन्हमा ३२ हजार नौ सय ९१ मत प्राप्त भएको छ । केशव स्थापितको सूर्य चिन्हमा १८ हजार ४३ र सिर्जना सिंहको रुख चिन्हमा १७ हजार छ सय मत आएको छ ।

उपमेयरमा सुनिता डंगोलको सूर्य चिन्हमा ३३ हजार तीन सय एक, रामेश्वर श्रेष्ठको कलम चिन्हमा १० हजार नौ सय १९ र हलो चिन्हमा सात हजार ५१ मत प्राप्त भएको छ । एमाले,काङ्ग्रेसले आश गरेका डल्लु,स्वयम्भू,लाजिम्पाट,असन,इन्द्रचोकमै तिनले राम्रो मत पाउन सकेनन् ।

टिप्पणीहरू