झलनाथको जिल्लामा कलमको झण्डा

झलनाथको जिल्लामा कलमको झण्डा

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालको गृह जिल्लाको एउटा पालिकामा एकीकृत समाजवादीले मेयर जितेको छ । सूर्योदय नगरपालिकामा उक्त पार्टीका मेयर उम्मेदवार रनबहादुर राई विजयी भएका हुन् ।

राईले एमालेका काजीमान कागतेलाई पराजित गरेका छन् । राईले १२ हजार चार सय ३० मत पाउँदा कागतेले १० हजार पाँच सय ७९ मत ल्याएका छन् ।

उपप्रमुखमा नेपाली काँग्रेसका दुर्गाकुमार बराल ११ हजार ८५४ मत प्राप्त गरेर विजयी भएका छन् ।

टिप्पणीहरू