डलर अर्बपतिले संसदमा किन त्यसो भने ?

डलर अर्बपतिले संसदमा किन त्यसो भने ?

डलर अर्बपति तथा नेपाली काँग्रेसका सांसद विनोद चौधरीले मुलुकको अर्थतन्त्रलाई थोत्रो गाडीसँग तुलना गर्नुभएको छ । उहाँले गाडी थोत्रो भएपछि जतिसुकै राम्रो चालक भए पनि त्यसले भनेजति गति लिएर कुद्न नसक्ने उल्लेख गर्नुभएको हो ।

संसदमा प्रस्तुत विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिने क्रममा उहाँले अर्थतन्त्रलाई सवारी साधन र ड्राइभरसँग तुलना गर्नुभएको हो । हिजोको बैठकमा उहाँले मुलुकको अर्थतन्त्र डाँवाडोल हुनुमा यसअघिका सरकार र मूलतः तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडा जिम्मेवार रहेको अप्रत्यक्ष रुपमा संकेत गर्नुभएको थियो ।

उहाँको भनाइको सार थियो–यसअघिका अर्थमन्त्री र सरकारले गाडीरुपी मुलुकको अर्थतन्त्रलाई थोत्रो बनाइदिएकाले अहिले त्यहि सिटमा नयाँ चालक अर्थात सरकार र अर्थमन्त्री बस्दैमा सुधार हुन सक्दैन ।

उहाँले बजेट भाषण र संसदमा गरिने छलफललाई कर्मकाण्डीय पद्धतिको रुपमा अंगालिएकाले सुधार हुन नसकेको पनि बताउनुभयो । भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रबारे अरु समय कुनै वास्ता गर्दैनौं । व्यवसायीहरुले दिएका सुझाव र सल्लाहलाई आवश्यक ठान्दैनौं । यहि बेलामा मात्रै यसको चर्चा गरेपछि अरु एक वर्षसम्म त्यत्तिकै छाडिदिन्छौं ।’

टिप्पणीहरू