साँझको भिषण हुरी,बतासबाट भरतपुरमा बितण्डा,मानवीय क्षतिको आशंका

साँझको भिषण हुरी,बतासबाट भरतपुरमा बितण्डा,मानवीय क्षतिको आशंका

आज साँझ आएको भिषण हुरी बतासका कारण भरतपुर र चितवन तथा गैंडाकोटका धेरै ठाउँमा विद्युत बन्द भएको छ ।

भरतपुर बाइपास रोडस्थित डिभिजन सडक कार्यालयअगाडि बरको रुख ढलेर तीन वटा फिडरको ११ केभीए प्रसारणको तारमा खसेको छ । त्यसबाट झण्डै तीन सय मीटर तारसहितको पोल भाँचिएर सडक अवरुद्ध भएको छ । धेरै ठाउँमा विद्युत बन्द भएकाले अन्धकार छाएको छ ।बिजुलीका खम्बाहरु भाँचिएर सडकमा लम्पसार पर्दा बिजुलीको तारले जोखिम निम्त्याएको छ । क्षतिको विवरण आकलन गर्दै पुनः बिजुली बत्ति सुचारु हुन कम्तिमा २४ घण्टा लाग्ने जनाइएको छ । हावा हुरीका कारण नारायणी पुलमा एउटा ट्रक पल्टिएको छ ।

चितवन प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार पुलमा राखिएका प्रायः सबै बिजुलीका पोलहरु ढलेका छन् । एउटा एफएमको टावर भाँच्चिएको छ भने धेरै ठाउँमा रुख ढलेका छन् । अहिलेसम्म मानवीय क्षतिको पुष्टि नभइसकेको बताइएको छ ।

फोटो : विष्णुहरि आचार्यको फेसबुकबाट

टिप्पणीहरू